Pura Samachar

मुख्यमन्त्रीले गरे हाउसिङ कम्पलेक्सको उद्घाटन

प्रकाशित: February 17, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे हाउसिङ कम्पलेक्सको उद्घाटन

डा हरिमोहन पोखरेल

कोहिमा /कोविदको समयमा विभिन्न प्रकारको समस्यालाई लिएर बेघर भएकाहरुलाई राहतको सास देखाउने क्रममा मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले सरकार द्वारा प्रदान गरेको हाउसिङ कमप्लेक्सको उद्घाटन गरेको खबर छ ।
करीब पाँच करोडको लागत द्वारा बनाइएको सो कमप्लेक्सको सारा खर्च भने मणिपूर हाउसिङ डिभेलपमेन्टले उठाएको थियोे ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि कोविदको समयमा धेरै परिवारहरु बेघर र भोकै भए साथै बेरोजगार पनि ।फेरि पनि सरकारले सक्दो सहयोग गरेको हो ।
उनले अगाडि भने कि राज्यको प्लानिङ विभागले एउटा खाका तयार गरेर हामीले यो घरहरु सबन्धित बेनिफिसरीहरुलाई दिनलागेको कुरा मामुली होइन ।
उनले अगाडि थपे कि सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छ ।
उनले अगाडि भने कि हाल्को राज्यको स्थितिलाई सुधारमा ल्याउन सरकार प्रयारत छ ।फेरि पनि राज्यको स्थितिमा सुधार नाआउनु सरम लाग्दो कुरा हो ।
मुख्यमन्त्रीले सबै विभागका कर्मचारीलाई धन्यवाद पनि दिए ।
यस अवसरमा राज्यका विभिन्न तप्काका मानिसहरूको बाक्लो उपस्थिति थियोे ।

प्रतिक्रिया