Pura Samachar

भारतले ४ सय ३४ रनको जित निकाल्दै पाँच खेलको सिरिजमा २–१ को अग्रता

प्रकाशित: February 18, 2024
पूरा समाचार

भारतले ४ सय ३४ रनको जित निकाल्दै पाँच खेलको सिरिजमा २–१ को अग्रता

राजकोट, एजेन्सी — भारतले आइतबार तेस्रो टेस्टको चौथो दिन ४ सय ३४ रनको जित निकाल्दै पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । जितका लागि असम्भव ५ सय ५७ रनको लक्ष्य पाएको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय २२ रन बनाएर अलआउट भयो ।

इंग्ल्यान्डका लागि कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । दसौं क्रमका ब्याटर मार्क उडले बनाएको ३३ रननै यस इनिङ्सको सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो । भारतीय बलरमध्ये रविन्द्र जडेजाले ४१ रनमा पाँच विकेट लिए ।त्यस अगाडि भारतले चार विकेट गुमाएर ४ सय ३० रनमा आफ्नो दोस्रो इनिङ्स समाप्त भएको घोषणा गरेको थियो । त्यसमा ओपनर यशस्वी जैसवालले दोहोरो शतक बनाए । उनले २ सय १४ रन बनाउने क्रममा १४ चौका तथा १२ छक्का प्रहार गरे र नटआउट रहे ।यस्तै, सरफराज खान ६८ रन बनाएर नटआउट रहे । त्यस अगाडि भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ४५ रन बनाएपछि इंग्ल्यान्डले जवाफमा ३ सय १९ रन बनाएको थियो ।

प्रतिक्रिया