
काडमाडौं। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्टलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैंठकले डा.भट्ट नियुक्त गरेको हो।
सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो। निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो ।
प्रतिक्रिया