
काठमाडौं । नेपाल ए ले क्यानडा–११ सँग आज दोस्रो एकदिवसीय खेल खेल्दैछ ।
नेपालको सिनियर टिमविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेलेको क्यानडाले नेपालको ‘ए’ टिमविरुद्ध क्यानडा ११ को टोली बनाएर तीन खेलकै एक दिवसीय सिरिज खेलेको हो ।
क्यानडा ११ मंगलबार पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने प्रयासमा हुँदा नेपालको ‘ए’ टिम पनि जित निकाल्दै सिरिजमा कमब्याक गर्ने लक्ष्यमा हुने छ । तेस्रो खेल विहीबार हुने छ ।
यो सिरिज पछि क्यानडाले फेब्रुअरी २८ तारिखदेखि युएई र स्कटल्याण्डसँग आइसीसी लिग टूको पहिलो त्रिकोणात्मक सिरिज खेल्ने छ ।
प्रतिक्रिया