Pura Samachar

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात

प्रकाशित: February 21, 2024
पूरा समाचार

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालकाे विजयी सुरुवात

काठमाडौं – वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार साँझ सम्पन्न खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा नेपालले विजयी सुरुवात गरेको हो ।

साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा नेपालका लागि अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गरे ।

नेपालको तर्फबाट खेलका १० औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन । त्यसको तीन मिनेट मै अनिता बस्नेतले कर्नर मार्फत सुन्दर गोल गरिन् । त्यस्तै नेपालका लागि १९ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दैै खेललाई ३–० शुन्यको अवस्थामा पुर्याएकी थिइन् ।

खेलको ४२ औं मिनेटमा सिरियाले एक गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा नेपालले एक गोल थप्यो । नेपालका लागि खेलको ६९ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपाली महिला फुटबल टोलीले पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो। मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।

नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्।

प्रतिक्रिया