काठमाडौं । म्यानचेस्टर सिटी ईङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले हराउँदै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
सिटीको जितमा खेलको ७१ औं मिनेटमा एर्लिङ हालान्डले विजयी गोल गरे । उनले जुलियर अल्भारेजको पासलाई सदुपयोग गर्दै सिटीलाई जित दिलाएका हुन् ।
सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दुरी एक अंकमा झारेका छ । र तेस्रो स्थानको आर्सनलसँग एक अंकको अग्रता लिन सफल भएको छ ।
ब्रेन्टफोर्ड २५ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
प्रतिक्रिया