Pura Samachar

कोहिमामा पानी पर्यो

प्रकाशित: February 21, 2024
पूरा समाचार

कोहिमामा पानी पर्यो

डा हरिमोहन पोखरेल

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमामा आज बिहान करीब तीन बजेबाट पानी परेको खबर छ ।
मौसम विभागले गरेको घोषणा अनुसार कोहिमा मात्रै नभएर पूर्वोत्तरका अन्य राज्य मणिपूर असम मेघालय र त्रिपुरा समेत पानी पर्ने र खुब चिसो बढने कुरा बताएको छ ।
स्थानीय स्तरमा भने पानी पर्नाले खेतीयोग्य भुमिमा बिजन लगाउन सुरु गरिने कुरा खेतीवालाहरुले बताएका छन ।
पानी परेकाले गर्दा घास ल्याउनुमा दु:ख भएको र दुध विक्रीमा बाधा भएको कुरा ग्वालाहरुले बताएका छन ।
अर्कोतिर बजार व्यव्सायमा भने पानी परेर बिक्री नभएको कुरा भने व्यापारी वर्गले बताएका छन ।
मौसम विभागले गरेको जानकारी अनुसार आगामी सनिवार सम्म निरन्तर रूपमा पानी पर्ने र चिसो बढने कुरा गरेको छ ।यो समाचार लेखुन्जेल सम्म पानी परी रहेको खबर छ ।

प्रतिक्रिया