Pura Samachar

काठमाडौको सीतापाइलामा मृत भेटिएका सबै ४ जनाको पहिचान

प्रकाशित: February 21, 2024
पूरा समाचार

काठमाडौको सीतापाइलामा मृत भेटिएका सबै ४ जनाको पहिचान

काठमाडौं । काठमाडौको सीतापाइलामा मृत भेटिएका सबै ४ जनाको पहिचान भएको छ । उनीहरु एकै परिवारका हुन् ।

मृत फेला परेकामा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भइ नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै राजु घिमिरे भन्ने काजी विक, उनकी श्रीमती ईश्वरी श्रेष्ठ  उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी छन ।

आमा र छोरीहरु कोठामै मृत फेला परेका थिए भने राजु घिमिरे भन्ने काजी विक केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया