काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाकोे १४ सय १५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया