Pura Samachar

महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ ?

प्रकाशित: February 25, 2024
पूरा समाचार

महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ ?

 

डा. डी .आर .उपाध्याय खनाल
काठमाडौं । साइबर कानुन प्रभावकारी नबनाउने हो भने महिला हिंसाका घटना झन् बढ्ने देखिन्छ । महिलाले पनि पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार व्यावहारिक रूपमै पाउनुपर्छ । महिला हिंसा हुन नदिन गाउँगाउँमा जनचेतना फैलाउन आवश्यक छ । महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ । महिलाभएकै कारण भोग्नुपरेका विभेद, अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसा त यस्ता छन् जुन पीडितले आफूमाथि हिंसा भइरहेको छ भन्नेसमेत भेउ पाएका हुँदैनन् । तसर्थ विभिन्न रूपमा महिलामाथि हिंसा भएको देख्न सकिन्छ । नेपालमा पनि महिला हिंसाका घटना प्रशस्तै हुने गरेका छन् । यसको मुख्य कारण सामाजिक, सांस्कृतिक संरचना र कानुनी दुवै रहेको देख्न सकिन्छ ।

बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी प्रथालगायत घटना सर्वत्र भइरहेका-दोहोरिने घटना हुन् । यसबाहेक महिला हिंसाका अनेक किस्सा रहेका हुन्छन् जसको चर्चा कमैमात्र भएको देखिन्छ । अझ दुःखदायी कुरा त महिलाहरू आफ्नै घरपरिवारबाट सबैभन्दा बढी हिंसाको सिकार बनेका छन् । यस्ता घटना अज्ञानताले बारम्बार दोहोरिने गरेको पाइन्छ । जसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रूपमा देखापरेको छ । कतिपय महिला आफ्नै श्रीमान्बाट बलात्कृत भइरहेका छन् तर ती अधिकांश घटना गुपचुपमै रहन्छन् । त्यसैगरी, तराई मधेसमा दाइजोका कारण थुप्रै महिलाले शारीरिक, मानसिक यातनामात्र व्यहोर्नुपरेको छैन कतिपयले त मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्था छ । त्यसैगरी ग्रामीण भेगमा बोक्सीको आरोपमा महिलामाथि दुव्र्यवहार हुनेगरेको छ ।

पुरुषहरूमा शोषक मनोवृत्तिको ‘सांस्कृतिक विरासत’ छ । घर-परिवारमात्र होइन सार्वजनिकस्थल तथा कार्यालयमा समेत महिलाहरू असुरक्षित छन् । पुरुषप्रधान संस्कारको अवशेष बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि अनजानमा महिलामाथि हिंसा थोपरिरहेका छन् ।

कथित तल्लो जात तथा एकल महिलालाई बोक्सीको आरोप लगाएर अनेक यातना दिई मलमूत्र खुवाउनेसम्मका अति निकृष्ट क्रियाकलाप पनि हाम्रै समाजमा भइरहेका छन् । छोरा र छोरी जन्मिने प्रक्रिया र त्यसको निर्धारण पुरुष क्रोमोजोममा भर पर्ने भए पनि छोरा नजन्माएको भनेर महिलालाई नै अपमानित गर्ने गरिएको छ । यस्ता अनुचित सोच, परम्परा तथा प्रथालाई तोडेर हाम्रो समाज अगाडि बढ्नुपर्नेमा अपेक्षित प्रगति हुन सकिरहेको छैन । अशिक्षित वर्गका त कुरा छाडौं समाजमा शिक्षित भनेर कहलिएकाहरू पनि महिला हिंसाका मतियार बनेका छन् । कुनै न कुनै किसिमले श्रीमतीभन्दा श्रीमान् श्रेष्ठ भन्ने दिमागका भित्तामा टाँसिएर बसेको हुँदा महिलाहरू पीडित बन्नुपरेको छ ।

पुरुषहरूमा शोषक मनोवृत्तिको ‘सांस्कृतिक विरासत’ पनि छ । घर-परिवारमात्र होइन सार्वजनिकस्थल तथा कार्यालयमा समेत महिलाहरू असुरक्षित छन् । महिलाहरू कार्यलयमा समेत आफू सुरक्षित नभएको महसुस गर्छन् । पुरुषप्रधान संस्कारको अवशेष बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि अनजानमा महिलामाथि हिंसा थोपरिरहेका छन् चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेदको सिकार हुनुपरेको छ । थुप्रै कानुनी व्यवस्था र चेतनाको विस्तारले विभिन्न स्वरूपमा महिला हिंसा भइरहनु निकै गम्भीर सवाल हो । महिला हिंसा न्यूनीकरण र निर्मूल पार्ने उद्देश्यले विभिन्न संघसंस्था र अधिकारकर्मी सक्रिय छन् । थुप्रै बजेट खर्च गरेर विभिन्न समारोह तथा गोष्ठी हुने गर्छन् ।

तर, पनि तिनै अधिकारकर्मी पनि कोही आफैं पीडक र कोही पीडित भइरहेको देख्न सकिन्छ । यस्ता गोष्ठी तारे होटलमा मात्र सीमित भएर महिला हिंसा रोकिँदैन । समाजका बस्तीबस्तीमा गएर जनचेतनाजगाउने खालका कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता देखिन्छ । नैतिक शिक्षाका माध्यमबाट पनि चरित्रवान् नागरिक तयार हुनसक्छन् । त्यसैले हाम्रो शिक्षा प्रणालीमा पनि यस्ता विषयतर्फ फेरि मनन् गर्नुपर्ने बेला आएको छ । असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउँछ । समाजमा लुकेका र लुकाइएका हिंसाजन्य घटना प्रशस्त मात्रामा सुनिन्छन् । राज्य संयन्त्र पनि यस्ता घटनाप्रति धेरै जिम्मेवारी बन्नुपर्छ ।

सञ्चारमाध्यम पनि यस्ता विषयमा अझ बढी चनाखो र जिम्मेवार बन्नुपर्छ । सञ्चारमाध्यम भनेका समाजका ऐना हुन् । तसर्थ समाजमा अन्याय अत्याचारमा परेका वास्तविक तस्वीरलाई प्राथमिकताका साथ उतार्नुपर्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको छ । अहिले बलात्कार तथा यौनजन्य हिंसाका घटनाले विकृत रूप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात सबैतिर महिलाले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढावा दिएको छ । पीडित महिलाका उजुरीका आधारमा यस्ता घटना बाहिर आउने गर्छन् । जसमा कतिपय अपराधी फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानुनका कारण छिट्टै उन्मुक्ति पाउँछन् । यसले गर्दा अपराधीको मनोबल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् ।

महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि चेतना वृद्धि गर्ने, महिलाहरू आफ्ना अधिकारका विषयमा जागरुक बन्नुपर्ने, अन्यायको प्रतिवाद गर्ने, कडा कानुनी प्रबन्ध र त्यसको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । कानुन संशोधन गरेर भए पनि बलात्कारी तथा अपराधीलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउनुपर्छ । कठोर सजाय पनि हिंसा नियन्त्रणको एउटा उपाय हो जसले अपराधीको मनोबललाई निरुत्साहित पार्छ । कतिपय यस्ता घटना छिपिएका र दबिएका पनि छन् । वास्तविक दोषीलाई पक्राउ गर्न कठिन भएको छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन् ।

बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन् । तर, परिणाम के हुन्छ भने दोषी पक्राउ परे पनि विभिन्न दबाब र प्रभावले उन्मुक्ति पाउँछ । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानुपर्छ । कानुनको कार्यान्वयन पक्षमा अझ जोड दिनुपर्छ । जनचेतनाको अभाव र आपराधिक मनोवृत्तिका कारण यस्ता घटना बारम्बार दोहोरिरहेका हुन्छन् । अब यस्ता घटना हुन नदिने र कथं कदाचित् भइहालेमा दोषीलाई कठोर सजाय दिलाएर अरूलाई पनि निरुत्साहित पार्नुपर्छ । अपराधीको मनोबल बढ्ने कुनै किसिमका क्रियाकलाप गर्नुहुँदैन ।

महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूल कानुन निर्माण गर्नुपर्छ । सर्वत्र मानव सभ्यतालाई कलंकित र स्तब्धपार्ने यस्ता घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ । एउटा महिलाको असल भूमिकाले राष्ट्र, समाज र घर सभ्य र सुसंस्कृत हुन्छ । महिलाअधिकार सम्बन्धी कानुन बनाइएको छ तर व्यवहारमा केही लागू भएको देखिँदैन । संविधानमा मौलिकहक कार्यान्वयनका लागि तीन वर्षभित्रै कानुनी व्यवस्था गर्ने उल्लेख छ तर संविधान जारी भएको पाँच वर्षसम्म पनि कतिपय कानुन बन्न नसक्नु विडम्बना हो । महिलामाथि हुने जुनसुकै हिंसालाई पनि अपराध मानेर राज्यले तदनुकूलको कानुन निर्माण गर्नुपर्छ । महिला भएका कारण विभेद र असमानता भोग्नु नपर्ने कुरा संविधानमा लेखिएको छ ।

बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको आरोप, दाइजोका नाममा कुटपिट, एसिड आक्रमणले घाइतेलगायत महिला हिंसाका दर्जनौं घटना दैनिकजसो बढिरहेका छन् । नारी वर्गमाथि भेदभाव, शोषण र अन्याय-अत्याचार छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेदभाव पूर्णरूपमै निर्मूल हुनुपर्छ ।

मौलिकहक अन्तर्गत ‘महिलाको हक’ ले महिलामाथि कुनै पनि प्रकारको हिंसाजन्य कार्य वा शोषण र लैंगिक भेदभाव नहुने, समान वंशीय र सम्पत्तिमा हकहुनेलगायत व्यवस्था गरेको छ तर तदनुकूलको कानुन आजसम्म बनेको छैन । ‘महिलालाई राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने’ व्यवस्था संविधानमा छ । मुलुकमा बलात्कार, बलात्कारपछि हत्या, शारीरिक तथा मानसिक हिंसा घटनाहरूमा कमी नआउनु दुःखद् कुरा हो ।

बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको आरोप, दाइजोका नाममा कुटपिट, एसिड आक्रमणले घाइतेलगायत महिला हिंसाका दर्जनौं घटना दैनिकजसो बढिरहेका छन् । नारी वर्गमाथि भेदभाव, शोषण र अन्याय-अत्याचार छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेदभाव पूर्णरूपमै निर्मूल हुनुपर्छ । राज्यका हरेक निकायमा महिलाको संख्या बढेको छ । संघीयदेखि प्रदेश र स्थानीयतहसम्म महिलाको उपस्थिति तीव्र छ तर हिंसाका घटना किन बढिरहेका छन् ? प्रविधिको यति ठूलो विकास हुँदा पनि समस्या समाधानमा क्रियाशील नहुने हो भने महिलामाथिको विभेद कहिल्यै अन्त्यहुन सक्दैन ।

हाम्रा शास्त्रहरूले पनि भनेको छन् ‘यत्र नार्यस्तु पुजयन्ते रमन्ते तत्र देवता’ । आजको महिलाको अवस्थालाई पुरातन समाजको अवस्थासँग तुलना गर्ने हो भने अहिलेको अवस्थामा केही सुधार आएको प्रष्ट देखिन्छ । महिलाले काम गर्न थालेका छन् । घरायसी खर्चमा सहयोग गर्न थालेका छन् । घरायसी खर्चमा सहयोग गर्न थालेका छन् । धेरै क्षेत्रमा महिलाले पुरुषलाई पछि पारेका छन् । दिन प्रतिदिन युवतीहरूले यस्तो कीर्तिमान बनाइरहेका छन् जसमा परिवार वा समाजले मात्रै नभई सिंगो देशले गर्व महसुस गरिरहेको छ । अथर्ववेदमा भनिएको छ, ‘माता भूमिः पुत्रो अहम् पृथ्वी’ अर्थात् भूमि मेरी आमा हो र हामी यस पृथ्वीका सन्तान हौं ।

आज नारी शिक्षाको महत्व बुझ्नु अत्यन्त जरुरी छ किनकि उनीहरू नै आफ्ना सन्तानका पहिलो शिक्षक हुन् जसले भविष्यमा देश निर्माणमा नयाँ पहिचान दिनेछन् । कुनै पनि बच्चाको भविष्य उसकी आमाले दिएको माया र पालनपोषणमा निर्भर हुन्छ जुन एक महिलाले मात्र गर्न सक्छ । हरेक बच्चाले आफ्नो जीवनको पहिलो पाठ आफ्नी आमाबाट सिक्छन् । तसर्थ, आमाको लागि शिक्षित हुनु धेरै महत्वपूर्ण छ ताकि उसले आफ्नो बच्चामा ती गुणहरू सिकाउन सक्छ जसले उसको जीवनलाई सही दिशा दिन सक्छ । शिक्षित महिलाले आफ्ना बालबालिकाको मात्र नभई देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आफ्ना वरपरका धेरै व्यक्तिहरूको जीवन परिवर्तन गर्न सक्छन् ।

एउटी महिलाले आफ्नो जीवनमा आमा, छोरी, बहिनी, पत्नी जस्ता धेरै सम्बन्धहरू राख्छिन् । कुनै पनि सम्बन्धमा आउनु अघि, महिला देशको स्वतन्त्र नागरिक हो र पुरुषको सबै अधिकारको हकदार छ । उनीहरूलाई आफ्नो इच्छा अनुसारको शिक्षा पाउने अधिकार छ ताकि उनीहरूले आफ्नो मनपर्ने क्षेत्रमा काम गर्न सकून् । शिक्षाले महिलालाई आफ्नो खुट्टामा उभिन र आत्मनिर्भर बन्न मद्दत गर्छ । शिक्षाले समाजमा महिलाको हैसियत बढाउनेमात्र होइन, महिलाप्रतिको समाजको संकीर्ण मानसिकतालाई पनि हटाउँछ जसमा उनीहरूलाई आमाबाबुको लागि बोझको रूपमा हेरिएको थियो । शिक्षाले महिला हिंसाका घटनालाई पनि न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ ।
साभार हिमालय टाइम्स

प्रतिक्रिया