Pura Samachar

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा

प्रकाशित: February 25, 2024
पूरा समाचार

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन्।

आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।टी-२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ।

यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिल र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनल १९ अप्रिल र फाइनल २१ अप्रिलमा हुनेछ। यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ।

शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रुपमा लिइएको छ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ।

प्रतिक्रिया