Pura Samachar

इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट चौथौ दिन पाँच विकेटलेविजयी , भारत पाँच टेस्टको सिरिज जित्न सफल

प्रकाशित: February 26, 2024
पूरा समाचार

इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट चौथौ दिन पाँच विकेटलेविजयी , भारत पाँच टेस्टको सिरिज जित्न सफल

काठमाडौँ —भारतले सोमबार इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट चौथौ दिन पाँच विकेटले जितेको छ । यससँगै भारत पाँच टेस्टको सिरिज जित्न पनि सफल भएको छ । यो जितपछि भारत सिरिजमा ३–१ ले अगाडि रह्यो ।जितका लागि १ सय ९२ रनको लक्ष्य पाएको भारतले पाँच विकेट गुमाएर त्यसलाई आत्मसात् गर्न सफल रह्यो । घरेलु टिमका लागि ध्रुव जुरेल ३९ र शुभमन गिल ५२ रनमा नटआउट रहे । उनीहरूले छैटौं विकेटका लागि ७२ रनको निर्णायक साझेदारी गरे ।चौथो दिन बिना कुनै विकेटको क्षति ४० रनबाट अगाडि खेल्न सुरु गरेको भारतका लागि १ सय २० रन बनाउँदा पाँच विकेट गुमाएर दबाबमा आएको थियो । इंग्लिस बलरमध्ये सोएब बसिरले तीन विकेट लिए ।एक समय बलियो स्थितिमा रहेको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ४५ रनमा अलआउट भएपछि खेलबाट भारतको पकड सुरु भएको थियो ।

प्रतिक्रिया