Pura Samachar

न्युजील्याण्डका फास्ट बलर नील वेगनर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

प्रकाशित: February 27, 2024
पूरा समाचार

न्युजील्याण्डका फास्ट बलर नील वेगनर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

न्युजील्याण्ड।  न्युजील्याण्डका फास्ट बलर नील वेगनरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उक्त कुराको जानकारी न्युजील्याण्ड क्रिकेट वोर्डले गराएको छ । न्युजील्याण्ड क्रिकेट वोर्डले यो पुस्टि गरेसँगै उनको १२ वर्षिय अन्तर्राष्टिय करियर समाप्त भएको छ ।

३७ वर्षिय फास्ट बलर वेगनरले सन २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले आईसीसी टेष्ट वरियतामा शिर्ष स्थान समेत हासिल गर्न सफल भएका थिए । सन २०१२ मा न्युजील्याण्डले आईसीसी टेष्ट च्याम्पियनको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।

वेगनरले ६४ टेष्टमा २६० विकेट लिन सफल भएका छन् । उनले टेष्ट क्रिकेटमा ९ पटक पाँच विकेट लिन सफल भएका छन् । उनले सन २०१७ मा बेलिङ्गटनमा भएको वेष्ट इण्डिज विरुद्धको म्याचमा जीवनकै सर्वश्रेष्ठ प्रदर्शन गरेका थिए । उनले उक्त खेलमा ७ विकेट लिदै ३९ रन मात्रै खर्चेका थिए ।

सन्यासको घोषणा गर्दा निकै भावुक बनेका वेगनरले सन्यासको घोषणा गर्दा निकै असहज भएको बताए । तर उनले आफुले सहि समयमा सहि निर्णय गरेको भन्दै आफुले खेल जीवनमा हासिल गरेको उपलब्धिप्रति सन्तुष्टि र गर्व भएको बताए । त्यस्तै सवै सहयोगि मित्रलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया