Pura Samachar

नेदरल्यान्ड्सले नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा २ सय ४७

प्रकाशित: February 29, 2024
पूरा समाचार

नेदरल्यान्ड्सले  नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा २ सय ४७

काठमाडौं। युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

यस्तै टि२०आई क्रिकेटमा नेदरल्यान्ड्सले आफ्नो सर्वाधिक स्कोर पनि कायम गर्यो । यसअघि सन् २०२१ मा नेपालविरुद्ध नै २ सय ९ रन बनाएको थियो ।

प्रतिक्रिया