Pura Samachar

एनआरटी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल प्रवेश

प्रकाशित: February 29, 2024
पूरा समाचार

एनआरटी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल प्रवेश

काठमाडौं । जावलाखेल युथ क्लबमाथि ३-० को सहज जित निकाल्दै न्युरोड टिम (एनआरटी) केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन  सन्जिव विष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे ।

खेलको पाँच मिनेटमै विवेकको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । उनले रन्दीप पौडेलको क्रसलाई फर्स्ट टचमै पोस्टको दिशा दिए ।

५०औं मिनेटमा सन्जिवले टोलीको अग्रता दोब्बर बनाए । सन्जिबले रिचर्ड विलियम्सको थ्रु पासलाई नियन्त्रणमा लिँदै जावलाखेका रक्षक सुनिल खड्का र गोलकिपर युनेस चौधरीलाई बिट गर्दै जाली चुमाए ।

सात मिनेटपछि नै सन्जिवले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले पेनाल्ल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन ।

एनआरटीले थ्री स्टारलाई १-० तथा जावलाखेलले आयोजक केपी ओली एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

एनआरटीले उपाधिका लागि मछिन्द्र  र मानेभञ्ज्याङ फुटबल क्लबबीचको विजेताँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया