Pura Samachar

आज (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुँदै

प्रकाशित: March 1, 2024
पूरा समाचार

आज (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुँदै

काठमाडौं । यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मौसमविद्हरूका अनुसार मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ ।

तर, आज (शुक्रबार)बाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । र यो वायुमा हिउँद यामकै विशेषता (क्यारेक्टर) भएका कारण यो वर्षको हिउँद अवधि लम्बिने मौसमविद्को भनाइ छ । मनसुन प्रवेश गर्ने र बाहिरिने अवधी अगाडि वा पछाडि सर्ने जस्तै हिउँदे अवधि पनि पछि सर्ने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले स्पष्ट पारे ।

“भोलि साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु हुनेछ,” मौसमविद् अधिकारी भन्छन्, “त्यसको असरका कारण केही दिन पुनः हिउँदे वर्षा हुनेछ ।” सामान्यतः आजसम्म मात्रै हिउँद अवधि रहने भनिए पनि भोलिबाट पुनः सक्रिय हुने पश्चिमी न्यूनचापीय प्रणाली हिउँदे वर्षा गराउने ‘क्यारेक्टर’कै रहेको उनी बताउँछन् ।

प्रतिक्रिया