Pura Samachar

त्रिकोणात्मक सिरिज: नेपालले नेदरल्याण्डससँग खेल्दै

प्रकाशित: March 2, 2024
पूरा समाचार

त्रिकोणात्मक सिरिज:  नेपालले नेदरल्याण्डससँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्डससँग खेल्दैछ ।

शनिबार कीर्तिपुर मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेपाललाई सिरिजको फाइनल पुग्न शनिबारको खेल जित्नैपर्ने दबाब छ ।

नेपालले सुरुवातका दुई खेलमा नामिबिया र नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो । शुक्रबार नामिबियालाई हराउँदै नेपालले सिरिजमा पुनरागमन गरेको हो ।

शनिबार नेदरल्याण्ड्सलाई हराएको खण्डमा नेपालले फाइनल नजिक पुग्नेछ ।

प्रतियोगितामा नेपाल सहित नेदरल्याण्ड्स र नामिबिया समावेश छन् । विश्वकप लिग टू खेल्न आएका दुई टिमलाई समावेश गर्दै नेपालले टी ट्वान्टी सिरिज आयोजना गरेको होे ।

नेदरल्याण्ड्स ४ अंक सहित शीर्ष स्थानमा छ । लिग चरणका दुवै खेल नेदरल्याण्ड्सले जितेको छ । नेपाल र नामिबिया समान एक जित सहित २ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

शीर्ष दुई टिमले सिरिजको फाइनल खेल्नेछन् ।

प्रतिक्रिया