Pura Samachar

मछिन्द्र एफसीलाइ केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि

प्रकाशित: March 2, 2024
पूरा समाचार

मछिन्द्र एफसीलाइ केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । मछिन्द्र एफसीले केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।

शनिबार एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि चुमेको हो ।

विवेक गुरुङ अन्तिम पेनाल्टी प्रहारमा चुकेपछि मछिन्द्रले दोस्रो संस्करणको उपाधि समेत उचालेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

राष्ट्रिय फुटबल टिमका खेलाडीले भरिएको मछिन्द्रलाई निर्धारित समयमा रोक्न सफल भएपनि एनआरटी पेनाल्टीमा चुक्न पुगेको हो ।

उपाधि सहित मछिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा २ विदेशी सहित १० टिम सहभागी थिए ।

प्रतिक्रिया