Pura Samachar

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

प्रकाशित: March 3, 2024
पूरा समाचार

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएर अंक बांडिएपछी   नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा रहेका बेला वर्षाको कारण खेल रोकिएर खेल हुन सकेन । नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया