Pura Samachar

राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै

प्रकाशित: March 4, 2024
पूरा समाचार

राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् ।

प्रतिक्रिया