Pura Samachar

बंगलादेशमाथि श्रीलंकाकाे रोमाञ्चक ३ रनको जित

प्रकाशित: March 4, 2024
पूरा समाचार

बंगलादेशमाथि श्रीलंकाकाे रोमाञ्चक ३ रनको जित

एजेन्सी । बंगलादेशमाथि श्रीलंकाले टि–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ ।

सोमवार राति भएको खेलमा घरेलु टोली बंगलादेशमाथि श्रीलंकाले रोमाञ्चक ३ रनको जित निकालेको हो ।

योसंगै ३ खेलको सिरिजमा भ्रमणकारी टोली श्रीलंकाले १–० को अग्रता लिएको छ ।

बंगलादेशको सेलहेटस्थित सेलहेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २०७ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र २०३ रन जोड्न सक्यो ।

बंगलादेशका लागि जाकेर अलीले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेल्दा महमुदुल्लाहले ३१ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, कप्तान नाजमुल हुसेन शान्तोले २२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा माहिदी हसनले ११ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन पर्किए ।

यता, ओपनर ब्याट्सम्यान सौम्य सरकारले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा तौहिद हृदयले ८ रन जोडेर पेविलियन फर्किए ।

शोरिफुल इस्लाम ४ र तास्किन अहमेद २ रनमा अविजित रहँदा विकेटकिपर लिटन दास र राशिद हुसेन शुन्य रनमा पेविलियन फर्किए ।

बंगलादेशले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

घरेलु टोलीमाथि रोमाञ्चक जित निकाल्न श्रीलंकाका लागि अंगेलो म्याथ्युज, बिनुरा फेर्नान्डो र दासुन शनाकाले समान २–२ विकेट लिँदा महेश थिकशाना र माथिशा पाथिराणाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २०६ रन जोड्यो ।

श्रीलंकाका लागि सदिरा समराविक्रमाले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर कुशल मेन्डिसले ३६ बल खेल्नेक्रममा ६ चौका र ३ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, चरिथ असलंकाले २१ बलमा ६ छक्का प्रहार गर्दै ४४ रन जोडेर अविजित रहँदा कामिन्दु मेन्डिसले १४ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान अभिषका फेर्नान्डो भने ४ रन जोड्दै आउट भए ।

श्रीलंकाले अतिरिक्त रुपमा १९ रन जोड्यो ।

बंगलादेशका लागि राशिद हुसेन शोरिफुल इस्लाम र तास्किन अहमेदले समान १–१ विकेट लिए ।

टि–२० सिरिजअन्तर्गत दोस्रो खेल बुधवार राति हुनेछ ।

प्रतिक्रिया