काठमाडौँ / मङ्गलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार एकै दिन प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
मङ्गलबारका लागि महासङ्घले छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम गरेको छ । यो मूल्य हालसम्मकै उचच हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सयमा कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते बिहीबार सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ पुगेको थियो त्यसयता भने घटेर कारोबार भइरहेकोमा फागुन ३ गतेबाट उकालो लागेको थियो ।
प्रतिक्रिया