काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन प्रयास भइरहेको छ ।
सोही अनुरुप अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी छ ।
सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। तर नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् ।
समीकरण बदलिए पनि बहुमत १३८ भन्दा ४ बढी सांसदको मात्रै समर्थन प्रधानमन्त्रीलाई यसैले १० सिटको नेकपा एकीकृत समाजवादी, ६ सिटको जनमत र ४र४ सिटको लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयत्नमा प्रधानमन्त्री छन् ।
प्रतिक्रिया