
क्यानडा आइसिसी क्रिकेट विश्वकप लिग-२ को शीर्ष स्थानमा उक्लिएको छ।
लगातार तेस्रो जित निकालेपछि क्यानडा रनरेटमा नामिबियालाई पछि पार्दै शीर्ष स्थानमा पुग्न सफल भयो।
क्यानडा, युएई र स्कटल्यान्डबीच दुबईमा भइरहेको त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा क्यानडाले मंगलबार घरेलु टिम युएईलाई डिएलएस मेथडमा ८ रनले पराजित गर्यो।
वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले ४९.४ बलमा ६ विकेटको क्षतिमा २४१ रन जोडेको थियो। २ बल खेल्न बाँकी छदा खेल वर्षाले रोकिएको थियो।
क्यानडाका लागि हर्ष थाकेरले नटआउट १११ रन बनाएका थिए।
बलिङमा युएईका जुनइद सिद्धिकी र आयान खानले २-२ विकेट लिए।
प्रतिक्रिया