Pura Samachar

अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दै

प्रकाशित: March 7, 2024
पूरा समाचार

अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं : अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ।  फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ। बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ।  ३ अङ्क भएको भारत दोस्रो स्थानमा र समान  अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ। फाइनल खेल आगामी आइतवार हुनेछ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो।  प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन्।

प्रतिक्रिया