Pura Samachar

हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ

प्रकाशित: March 7, 2024
पूरा समाचार

हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । नेपाली टोली आज बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्ने छ ।

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च)मा नेपाल र हङकङबीच खेल हुनेछ ।

प्रतिक्रिया