Pura Samachar

क्यानडाकाे आईसीसी विश्वकप लीग–२ मा लगातार ४ खेलमा जित

प्रकाशित: March 8, 2024
पूरा समाचार

क्यानडाकाे आईसीसी विश्वकप लीग–२ मा लगातार ४ खेलमा जित

घरेलु टोली नेपालसँग ३ खेल हारेर फर्किएको क्यानडाले आईसीसी विश्वकप लीग–२ मा लगातार ४ खेल जितेको छ । नेपाल टुरमा रहेको क्यानडाले एकदिवसीय ३ खेल हारेर फर्किएपछि लीग– २ मा यूएई र स्कटल्यान्डविरुद्ध २–२ खेल लगातार जितेको हो । यूएईमा भएको लीग– २ को पहिलो खेलमा क्यानडाले यूएईलाई ३ विकेट, दोस्राेमा स्कटल्यान्डलाई ७ विकेट र पुनः यूएईलाई डीएल मेथडमा ८ रनले पराजित गरेको थियो । अन्तिम खेलमा पनि स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्न क्यानडा सफल भएको हो । लीग–२ अघिको अभ्यास खेलमा नेपालसँग पराजित भए पनि महत्वपूर्ण खेलमा भने क्यानडाले अहिलेसम्म शतप्रतिशत जीत दर्ता गरेको हो ।

३४ रन हुँदा ४ विकेट गुमाएको क्यानडाले हर्षको १०५ रनको अविजित शतकीय पारीको मद्दतमा सहजै जीत दर्ता गरेको हो ।

लीग खेलिरहेका ८ टीममध्ये नामिबिया ४ खेलपछि ३ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ४ खेलबाट ४ अंकसहित तेस्रो, स्कटल्यान्ड ३ खेलबाट २ अंकसहित चौथो, नेपाल ४ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छन् । ४ खेल खेल्दा यूएईले अंक जोड्न सकेको छैन । ओमान र अमेरिकाले अहिलेसम्म १ खेल पनि खेलेका छैनन् ।

प्रतिक्रिया