धरान रंगशालामा भएको खेलमा धरान एफसीले युकेएफसी भारतलाई सडन डेथमा हरायो।
निर्धारित समयको खेल १–१को बराबरीमा सकिएको थियो। त्यसपछि पेनाल्टीमा ५–५ गोल भएपछि खेल सडन डेथमा गएको थियो। सडेन डेथमा धरान १०–९ ले विजयी भयो।
खेलमा ५९आंै मिनेटमा धरानका मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। ७३आंै मिनेटमा युकेएफसीका नयन प्रधानले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
प्रतियोगिताअन्तर्गत आइतबार आइतबार न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।













प्रतिक्रिया