Pura Samachar

राष्ट्रिय सभाको बैठक आज बस्दै

प्रकाशित: March 10, 2024
पूरा समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १:०९ बजे बस्नेछ।

आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको ‍दिन तोक्ने कार्यसूची छ।

अध्यक्षको पदपूर्ति नहुन्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने कार्यसूची पनि आजको बैठकका लागि तय गरिएको छ।आजकै बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

प्रतिक्रिया