Pura Samachar

चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’

प्रकाशित: March 10, 2024
पूरा समाचार

चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’

काठमाडौं :  चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बनेकी छिन्।

 

 

सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको प्रतियोगिताकोमा क्रिस्टिनाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।

त्यस्तै लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन्। नेपालकी प्रियंकारानी जोशी भने उत्कृष्ट ४० मा पुगेकी थिइन्। त्यस्तै आयोजक भारतकी सिनी सेट्टी भने सातौं भएकी थिइन्।

यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोसले जितेकी थिइन्।

यो प्रतियोगिता २०२४ मा आयोजना भएको भए पनि यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको थियो। तर यसको कार्यक्रम स्थगित भएको थियो। सेप्टेम्बरमा भारतमा आयोजना गर्ने घोषणा जुनमा भएको थियो।

तर, त्यसपछि डिसेम्बरमा हुने भनिएको अयोजना मार्चमा सरेको थियो।

प्रतिक्रिया