Pura Samachar

साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

प्रकाशित: March 10, 2024
पूरा समाचार

साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । साफ यू–१६ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

आईतबार भारतलाई टाईब्रेकरमा हराउँदै बंगलादेशले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

साविक विजेता बंगलादेशले प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ ।

बंगलादेशकी किपर इयरजान बेगमले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रर्दशन गर्दै भारतका प्रहार असफल बनाएपछि साविक विजेताले उपाधि रक्षा गर्न सफल भएको हो ।

प्रतिक्रिया