
मड्रिड । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको उपाधितर्फ एक कदम अघि बढेको छ । आइतबार भएको खेलमा ४–० को शानदार जीत हासिल गर्दै टोलीले शीर्ष स्थानमा ७ अङ्कको अग्रता कायम राख्न सफल भएको हो ।
रातो कार्ड पाएका जुड बेलिङह्याम बिना नै मैदानमा उत्रेको रियललाई खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियरले अग्रता दिलाएका थिए । पहिलो हाफमा रियलले पूर्णरुपमा नियन्त्रण बनाए पनि थप गोल गर्न सकेन।
दोस्रो हाफमा भने रियल केही फितलो देखिएको थियो । तर, विपक्षी टोलीले यसको फाइदा उठाउन सकेन । उता रियलका लागि रोड्रिगो र ब्राहिम डियाज गोलको अवसबाट चुकेका थिए ।
अन्तिम ११ मिनेटमा ३ गोल गर्दै रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ७९ औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो ।
प्रतिक्रिया