Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: March 11, 2024
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया