Pura Samachar

मुख्यमन्त्रीले गरे प्राकृतिक घासरहित खेल मैदानको उद्घाटन

प्रकाशित: March 11, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे प्राकृतिक घासरहित खेल मैदानको उद्घाटन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्रीले आज प्राकृतिक घासरहित खेलमैदानको उद्घाटन गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालय द्वारा जारी जानकारी अनुसार लम्लाइमा निमार्ण हुने सो खेलमैदानमा पूर्ण रूपमा प्राकृतिक घास लगाइने र खिलाडीहरु सहजहुने कुरा बताएका छन ।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि मणिपूरको स्थिति हालमा ठिक नरहे पनि हामीले आत्मसम्मान गुमाउने होइन ।
राज्यमा व्याप्त हिंसाको चरमसीमाको बारेमा उनले भने कि प्रायः पर्वतीय एरियामा भएको
हिंसा अति भएको र मानवीय चेतनाको हराएको कुरा पनि गरेका छन ।
आफ्नो स्वाभिमान बचाउनको लागी उनले भने कि मणिपूर राज्यको आफ्नो अस्तित्व छ र यदि यसमाथी कुनै पनि बाहिरी तत्वले केही गर्ने प्रयास गर्छ भने उसलाई त्यसको जवाफ दिने छ ।
उनले अगाडि भने हामीले राज्यको खिलाडीहरुको सक्दो सहयोग गरेको छ ।फेरि पनि आउने दिनहरूमा अझै ठुलो प्रयास गर्नेछ ।
यस अवसरमा राज्यको विभिन्न तप्काका मानिसहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया