Pura Samachar

पपुवा न्यूगिनी (पीएनजी)ले दियाे नेपाललाई १७२ रनको लक्ष्य

प्रकाशित: March 13, 2024
पूरा समाचार

पपुवा न्यूगिनी (पीएनजी)ले  दियाे नेपाललाई १७२ रनको लक्ष्य

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ।

मोङककमा जारी खेलमा पीएनजीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७१ रन बनाएको हो।

पीएनजीका लागि टोनी उराले ३७ बलमा ६१ रन बनाए । सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे।

५.२ ओभरमा ४ विकेट लिएर कसिलो बलिङ प्रदर्शन गरेको नेपाललाई त्यसपछि विकेट लिन भने त्यति सहज भएन।

नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले ३–३ विकेट लिए। करण् केसी र गुल्शन झाले भने १–१ विकेट लिए। टस जितेर नेपालले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको थियो।

प्रतिक्रिया