काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनसहित बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावको पक्षमा १५७ जना सांसदहरूले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । प्रस्तावको विपक्षमा ११० जना सांसदहरू उभिए । यस्तै १ सांसद तटस्थ रहे । आजको बैठकमा २६८ जना सांसदहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया