Pura Samachar

मुख्यमन्त्रीले गरे वाटर एसेस्मेन्ट पार्कको उद्घाटन

प्रकाशित: March 14, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे वाटर एसेस्मेन्ट पार्कको उद्घाटन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो अवाङ पोत्सङ्बममा वाटर एसेस्मेनट पार्कको उद्घाटन गरेको समाचार छ ।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले भने कि राज्यको स्थिति हालमा राम्रो नभए पनि हामीले विकासको काम भने गर्दै जानुपर्ने छ ।
उनले अगाडि भने कि केन्द्र सरकारको सहयोग र राज्यको सरकारले पनि केही मात्रामा गरेको सहयोगको कारणले गर्दा सम्भव भएको हो ।
उनले अगाडि थपे कि बाहिरबाट आएको मानिसको सङ्ख्यामा भने कमी आएको छैन ।हामीले हाम्रो तर्फबाट सक्दो प्रयास उनीहरूले प्रवेश गराउनबाट रोक्नुपर्छ ।
उनले अगाडि थपे कि हामीले झुक्ने बेला होइन सक्दो शक्तिको सामना गर्नुपर्ने हुन्छ ।
यस अवसरमा बाक्लो उपस्थिति विभिन्न तप्काका मानिसहरुको थियोे ।

प्रतिक्रिया