
काठमाडौं । चैत महिनाको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख २५ हजार २०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया