डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यको मुख्यमन्त्री एन विरेनले हिजो राज्यको खेतीवालाहरुको उन्नतिको कामना गर्दै बढदो मागलाई पूरा गर्नको लागि फटिलाइजर मेनेजमेन्ट सिस्टमको सुरुवात गरेको खबर छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त जानकारी अनुसार करीब सात सय करोड लागतबाट सुरु गरेको यो योजनामा राज्यको खेतीवालाहरुलाई सस्तो दाममा रासायनिक खाद उपलब्ध गराइने योजना छ ।
समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि सरकारले सक्दो प्रयास जमीनलाई योग्य बनाएर उब्जनीमा दोब्बर ल्याउने प्रयास हो ।
उनले अगाडि थपे कि राज्यको स्थिति प्रतिकुल भए पनि हामीले समयमा खाद उपलब्ध गराउन सके सबैको हित हुने छ ।
उनले अगाडि थपे कि सरकारले सक्दो प्रयास गरेको छ ।यसमा सबैले साथ दिनु आवस्यक छ ।
राज्यको कृषि विभाग द्वारा आयोजित समारोहमा मुख्यमन्त्रीले खेतीवालाहरुलाई सम्मान गरे एवं उपभोक्ता पत्र समेत प्रदान गरे ।
प्रतिक्रिया