Pura Samachar

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

प्रकाशित: March 15, 2024
पूरा समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो । समूह चरणमा जित निकाले पनि फाइनलमा पीएनजीसँग स्तब्ध हुँदै उपाधि जित्न असफल भएको थियो ।

काठमाडौं आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसीसी टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी-२० खेल्ने छ । आयरल्याण्डको ए टिमसँग सिनियर टिमले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा म्याच खेल्ने जनाइएको छ ।

प्रतिक्रिया