Pura Samachar

रौतहटमा ग्लोबल आईएमई बैंक लुटियाे

प्रकाशित: March 15, 2024
पूरा समाचार

रौतहटमा ग्लोबल आईएमई बैंक लुटियाे

रौतहट- रौतहटमा ग्लोबल आईएमई बैंक लुटिएको छ। मोटरसाइकलमा आएका तीन जना हतियारधारी लुटेराहरुले कर्मचारीलाई गोली प्रहार गरी बैंकमा लुटपाट गरेका हुन्।भारतसँग सीमा जोडिएको परोहा नगरपालिका- ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा शुक्रबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ।

उनीहरुले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन्। लुटपाटका क्रममा बैंकका कर्मचारी नितेश साहलाई बाहिर निकालेर गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिक्रिया