डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो अखाम्पात स्थित टुंडीखेलको उद्घाटन गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार केन्द्रको खेल मन्त्रालय र राज्यको युवा एवं खेल विभागको संयुक्त तत्वावधानमा निर्माण गरिएको सो टुंडीखेलमा भने विभिन्न सर सामानको कमी रहेको छ ।
उद्घाटन समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन विरेनले भने कि सानो भए पनि खेलको विकास हुने छ ।
उनले अगाडि भने कि केन्द्र र राज्य सरकारले पहल गरेर मात्रै सम्भव भएको हो ।हामीले विकासका पाइला चाल्नुपर्ने समय आएको छ ।
उनले अगाडि थपे कि अहिले भने गेलेरी छैन फेरि आउने भविस्यमा भने सोचेको छ अन्यथा नलिनु होला ।
राज्यको वर्तमान स्थिति बारे उनले भने कि सरकारले सक्दो प्रयास गरी रहेको छ ।
स्मरण रहोस मणिपूर खेलमा पावरहाउस भनेर चिनिन्छ ।राज्यले उपलब्धि हासिल गरेको कुरा त इतिहासले बताउँछ ।
प्रतिक्रिया