Pura Samachar

बुढासुब्बा गोल्डकपको उपाधिका लागि न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: March 16, 2024
पूरा समाचार

बुढासुब्बा गोल्डकपको उपाधिका लागि न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं : धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ।

 

 

एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा पुगेको हो।

विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने  दाउमा छ। यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले बताए।

चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ। ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको प्रतिक्रिया दिए।

धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रंशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद  १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन  लिग विजेता चर्च ब्वाइज  क्लबसहित आठ टिमको सहभागी थिए।

प्रतिक्रिया