काठमाडौं । सेयर बजारको गिवरावटले निरन्तरता आएको छ । साताको पहिलो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पनि २८ अंकले घटेको थियो । आज पनि १०.६२ अंकले घटेको छ । आज बजार परिसूचक २०७० दशमलव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आइतबार विकास बैंक समूह ३३.१५ अंक, फाइनान्स ११.९४ अंक र उत्पादन तथा प्रशोधन समूह २०.७० अंकले वृद्धि भएको छ । तर, यी बाहेकका अन्य समूह राताम्य बनेका छन् ।
प्रतिक्रिया