Pura Samachar

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

प्रकाशित: March 21, 2024
पूरा समाचार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी) मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्।

मध्यविन्दु- ११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु- ११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छभने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

मध्यविन्दु नगरपालिका-११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियोभने दुईजना घाइते भएका थिए।

प्रतिक्रिया