काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।
यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया