Pura Samachar

आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा

प्रकाशित: March 24, 2024
पूरा समाचार

आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा

काठमाडौं । आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरिएको छ । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी–२० शृंखला खेल्नेछ । पाँच ट्वान्टी–२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन र तीन खेलको एकदिवसीय शृंखला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।

प्रतिक्रिया