Pura Samachar

आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै

प्रकाशित: March 26, 2024
पूरा समाचार

आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै

काठमाडौं : फिफा विश्वकप–२०२६ छनोट अन्तरगत दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टोलीले बहराइनविरुद्ध दोस्रो लेग खेल्दै छ।

बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

समूह ‘एच’मा रहेको नेपाल दोस्रो चरणमा अंकविहीन छ। नेपाल यसअघि पहिलो लेगमा बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो। तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा भएको हो।

प्रतिक्रिया