Pura Samachar

आजको राशिफल

प्रकाशित: March 27, 2024
पूरा समाचार

आजको राशिफल

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । अध्ययन तथा ध्यापनमा सुधार हुनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । खर्च भने सामान्य बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परिवारजनसँग आत्मीयता बढ्ने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिएला । आर्थिक अभावले केही सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम र आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापारमा फाइदा हुने दिन छ । यसका बाबजुद आर्थिक अभावले सताएको अनुभूति होला । नियमित कार्य व्यवहारमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखको अवस्था रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । नाता–कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता र सुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । पारिवारिक सुखशान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । यात्रा सुखद रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । ग्रहको प्रभावले प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्न पनि सक्छ, सचेत रहनुहोला । कर्मबल वृद्धि हुनेछ । पराक्रममा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल वृद्धि हुनेछ तर धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । खर्च पनि बढ्ला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । साझेदारीको काममा लाभ छ । आरोग्यता बढ्नेछ । सुख–सुविधाको बस्तु खरिदमा खर्च हुने योग छ । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विश्वास गरेका साथीभाइले नै धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, विशेष सावधान रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पढाइलेखाइमा प्रगति हुने समय छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ला । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । यात्रा उपलब्धीमूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । दामपत्यसुख रहनेछ । सन्तान पक्षबाट पनि सुख प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने योग छ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । दाम्पत्यसुख र आनन्द वृद्धि हुनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्ने योग छ । मित्रजनसँग सामान्य मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहलान् । आफन्तको साथ पनि कमै मिल्नेछ । आरोग्यता रहला । प्रतिकुलताका बाबजुद सुखविलासको भाव पैदा हुनेछ ।

प्रतिक्रिया