
फिफा विश्वकप-२०२६ को एसिया छनोटमा नेपाल बहराइनसँग पराजित भएको छ।
बहराइनमा गएराति भएको दोस्रो लेगको खेलमा नेपाल ३-० गोलले पराजित भएको हो।
बहराइनको घरेलु मैदानमा नेपालले सातौं मिनेटमै पहिलो गोल खाएको थियो। बहराइनका बकरले सुरूवाती गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि १८ औं मिनेटमा बहराइनले पेनाल्टी पाएको थियो। त्यसलाई हेलालले सदुपयोग गरे।
३६ औं मिनेटमा अल अस्वदले गोल गर्दा नेपाल पहिलो हाफमा ३-० गोलले पछि परेको थियो।
दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा नेपाल ३-० गोलले पराजित भएको थियो।
प्रतिक्रिया